Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

इन्ता अटायर बुटिकमा फेस्टिवल अफर सुरु


काठमाडौं, साउन २५
काठमाडौंको माछापोखरीमा अवस्थित ‘इन्ता अटायर’ सेलेब्रेटीदेखि सर्वसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न क्षेत्रमा संलग्न व्यक्तिदेखि सर्वसाधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकी इन्ता श्रेष्ठले हरितालिका तीज, दशैँ तथा तिहारको लागि विशेष छुट अफर लिएर आएकी छिन् ।

फेसन डिजाइनर इन्ता श्रेष्ठले हरेक उमेर समूहका महिला तथा पुरुषहरुको ड्रेस डिजाइन गरी आफ्नो बुटिकमार्फत सेवा सुविधा प्रदान गर्दै आएकी छिन् । नेपालमा अहिले मानिसको फेसनप्रतिको मोह बढ्दै गएको छ, विकसित मुलुकहरूमा बुटिक व्यवसाय सामान्य बने पनि नेपालमा भने भर्खरै मात्र यो व्यवसाय फस्टाउन थालेको पाइन्छ । विगत केही वर्षयता यो व्यवसायले धेरैलाई आकर्षित गरेको छ ।

रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई बुटिक व्यवसायले नेपालमै स्वरोजगार बनाएको श्रेष्ठ बताउँछिन् । बुटिक, डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडा कलात्मक र आकर्षक हुन्छन् । त्यसैले पनि बुटिक क्रेज बढ्दो छ । विगत १ वर्षदेखि सञ्चालनमा आएको ‘इन्ता अटायर बुटिक’ आईईसी सर्टिफाइड बुटिक भएको जानकारी श्रेष्ठले गराएकी छिन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्