Techie IT
७ जेठ २०७९, शनिबार

भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८ प्रदान


काठमाडौं । यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ वरिष्ठ गायिका तिर्थकुमारी र वरिष्ठ सङ्गीतकार शुभबहादुर सुनामलाई प्रदान गरिएको छ । शनिबार ललितपुरको म्याक्सिम्स ब्यांक्वेटमा एक कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरको संयुक्त आयोजनामा उक्त सम्मान कार्यक्रम भएको हो ।

नेपाली गीत संगीतको क्षेत्रमा अनवरतरूपमा पु-याएको योगदानलाई उच्च मूल्याङ्कन गरी गायनतर्फ वरिष्ठ गायिका तिर्थकमारी र वरिष्ठ संगीतकार शुभबहादुर सुनामलाई सम्मान गरिएको प्रतिष्ठानका सञ्चालक तथा लोकप्रिय गायक तथा संगीतकारद्वय सत्य–स्वरूपराज आचार्यले बताए ।

स्रष्टालाई दोसल्ला र ताम्रपत्रसहित ५० र ५० हजार रूपैयाँ नगदसहित सम्मान गरिएको छ । आगामी वर्षदेखि सम्मान राशि एक लाख पु-याइने भक्तराज आचार्य संगीत प्रतिष्ठानले जनाएको छ । यसै वर्षदेखि ‘सुशीला आचार्य सुस्वास्थ सम्मान’ स्थापना गरेको प्रतिष्ठानले वाद्यवादक रुपेश सिंहलाई २५ हजार नगदसहित सम्मानित गरेको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष नेपाली गीत–संगीत क्षेत्रका विशिष्ठ योगदान पु-याएका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्