Techie IT
९ माघ २०७८, आईतबार

गायक भरतलाई दशा लागेपछि निर्देशक मनवहादरले कसरी सहयोग गरे ? (भिडियोसहित )


काठमाडौं ।

आवाजका धनि, सृजनाका खानी गायक भरत परियारलाई दशैं,तिहार जस्ता चाडवाड कसरी मनाउने भन्ने चिन्ताले सताइरहेको छ। कोरोनाको विगविगी छ ।

कसरी परिवारलाई विदेशबाट पैसा कमाएर सन्तुष्टि दिने भन्ने सपना बोक्दा बोक्दै चिन्ताको भूमरीमा पर्न पुग्छन् यसैबेला निर्देशक मनवहादर पुन भरतको सहयात्री भएर उनलाई साथ दिने तम्तयारीमा रहेको देखिन्छन् । यो वास्तविक घटना नभएर काल्पनिक कथामात्रै हो ।

No description available.

 

गायक भरत परियार र पूर्णिमा परियारको आवाजलाई सुन्नेमात्र नभएर सवै दर्शकले देख्नको लागि एउटा महत्वपूर्ण सहयोग निभाउने कर्मशील पात्रको वारेमा भनिएको हो । यसमा अभिनय त यी दुवै पात्र भन्दा अन्य नै रहेका छन् । तर यी दुइ पात्रबिना यो दशा गीतिकथा अधुरो नै रहन्छ ।

गायक तथा सर्जक भरत परियार र पूर्णिमा परियारको आवाजमा रहेको मर्मस्पर्शी भावनामा आधारित दशैंको अवसर पारेर लोकदोहोरी गीत दशाबाट मनवहदुर पुन निर्देशन यात्रामा पुन फर्किएका छन् ।

 

No description available.

 

गायक भरतपरियारकै लय,शव्द र पुरुष आवाजमा सजिएको यो गीतको संगीत संयोजन वहुप्रतिभाका धनी सर्जक लक्षुप्रकाश मल्लले गरेका हुन् । यस गीतको रेकर्डिष्ट जीवन वडु रहेका छन् भने मिक्सिङ मनोज डंगोलको रहेको छ ।

गीत विग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतमा मिलन लामा,रिया पन्त ,सिद्धान्त लामा,कविता लामा,अमर सिलवाल, अरुण तामाङको रहेको छ ।

रोजगारीका लागि विदेशीभूमिमा जानु पर्ने र गएपछि विभिन्न किसिमका दुख,कष्ट र वाधा अडचनहरु आइपर्ने नेपाली समाजको वास्तविक यथार्थ कथावस्तु बोकेको यो गीतमा वहुप्रतिभाका धनि कलाकार पुनको निर्देशनले गीतलाई अझ सुनमा सुगन्ध थपिदिएको छ ।

No description available.

 

पुनले ५ वर्ष अगाडी म्युजिक भिडियोका अलावा ‘समर्पित’, ‘मायाको बन्धन’, ‘हजारी’, ‘तिम्रै हुँ म’, ‘टाढाको माया’, ‘लाङ्घाली’, ‘मिसन यार्सा’, ‘लेखान्त’, ‘घाटु’, ‘झल्को’ जस्ता दर्शकले सर्वाधिक रुचाएका फिल्मको पनि निर्देशन गरेका थिए ।

गीतको छायाङ्कन र सम्पादन पनि निर्देशक पुनले नै गरेका छन् । गीतलाई मनासलु टिभीले बजारमा ल्याएको हो ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्