Techie IT
१५ माघ २०७८, शनिबार

बालबालिकाहरुलाई भोजन गराउँदै र न्यानो बाड्ँदै सुमि सँस्कृतिको भजन सार्वजनिक


काठमाडौं । अनाथ बालबालिकाहरुको संरक्षण संस्था नवयूवा बाल सुधार समाजको परिसरमा बालबालिकाहरुलाई मिठो मसिनो खुवाएर केहि न्यानो टोपीसमेत वितरण गर्दै भजनको भिडियो लोकार्पण गरिएको छ । लोकप्रिय गायक तथा संगीतकार नरहरि प्रेमीको संगीत रहेको हिन्दी भजनको म्युजिक भिडियोको निर्देशन राज कुमारले गरेका हुन् । सजिना लामिछानेको मुख्य भुमिका रहेको भिडियोमा उनलाई ज्ञानु बस्नेतले साथ दिएका छन् ।

हरेक भजनको अर्थ भनेको धर्म हो र धर्मको मुल मर्म भनेकै सत्कर्म र सेवा रहेको हुँदा यो भजनको सार्वजनिकिकरणलाई पनि सेवा कर्मसँग जोडिएको निर्देशक राज कुमार बताउँछन् । कलाकर्मको धर्म भनेको कलाकारिताको माध्यमबाट समाजलाई सुसंस्कृत गराउँदै लानु हो भन्दै संगीतकार नरहरि प्रेमीले भने ‘संगीत समाजसेवासँग जोडिनैपर्छ त्यसैले हामीले यो कार्यक्रम बालबालिकाहरुका साथ उनीहरुलाई रमाईलो गराउँदै सम्पन्न गरेका हौँ ।’ कार्यक्रमकैक्रममा प्रेमीले थपे भजन भनेको संस्कार हो र संस्कार बालापनदेखिनै सुरुवात हुनुपर्छ । बालबालिकाहरुलाई सुसंस्कार दिन सकियो भने मात्र भोलिका सबल, सक्षम अनि असल युवा निर्माण हुन सक्दछन् ।

नव युवा बाल सुधार समाजका संचालक शिवशंकर परियारको सभापतित्वमा सञ्चालित श्रव्यदृश्य लोकार्पण समारोहमा प्रमुख अतिथिको भुमिका ग्रहण गरेका बुढानिलकण्ठ नगरपालिका ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले संगीतलेनै व्यक्तिलाई सत्यचरित्रमा लाग्दै असल मानवीय कर्म गर्न प्रेरित गर्ने बताए ।

जागो जागो माँ भवानी भजनले पनि हरेक मानवलाई दैविशक्तिप्रति आस्था र विश्वास राखेर अगाडि बढ्नसके असंभव पनि संभव संभव भएर आउँछ , आस्थाले मानिसमा आत्मबल बढाउँछ भन्ने सन्देश सार्वजनिक गरिएको भजनले दिन खोजेको छ ।

कार्यक्रममा सहयोगी सबैलाई धन्यवाद दिँदै केक काटेपछि बालबालिकाहरुसँग खाना खाँदै र सबैलाई न्यानो टोपी लगाईदिँदै रमाईलो गरि सम्पन्न गगरेको निर्देशकले बताए ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्