Techie IT
१५ माघ २०७८, शनिबार

गायक सुर्य खड्काको स्वरमा ‘चरि बनैमा ’ सार्वजनिक


काठमाडौँ । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

फरक धारमा निर्माण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका बीचको प्रेमको भावलाई समेटिएको छ । सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

आफ्नी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए । दुर्गा पौडेलको छायाँकन प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहको छ ।

‘चरि बनैमा ’ गीतको भिडियोमा साया भण्डारी , निक शर्मा र सुर्य खड्काको अभिनय रहेको छ ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्