Techie IT
८ असार २०७८, मंगलबार

एनएमबी बैंकको सञ्चालकमा कटुवाल


काठमाडौं, भदौ २९
एनएमबी बैंकको सञ्चालक पदमा जीवनकुमार कटुवाल नियुुक्त भएका छन् । बैंकका अनुसार कटुवाललाई संस्थापक सेयरधनी समूह कर्मचारी सञ्चय कोषको प्रतिनिधिको रूपमा सञ्चालकमा नियुक्त गरिएको हो । यसअघि कोषका तर्फबाट बैंकको सञ्चालकमा राजेन्द्र काफ्ले रहेका थिए । उनले कोषबाट अवकास पाएपछि कोषले कटुवाललाई कोषको प्रतिनिधिको रूपमा बैंकमा पठाएको थियो । सोही आधारमा बैंक सञ्चालक समितिको यही भदौ २६ गते बसेको बैंठकले कटुवाललाई सञ्चालकमा नियुक्त गरेको हो । (आर्थिक दैनिकबाट)

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्