Techie IT
१४ असार २०७९, मंगलबार

प्रुडेन्सीयल इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं, भदौ २८
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुुक्रबार बारा जिल्लामा आफ्नो १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

सभाबाट कम्पनीको संस्थापक समूह ‘क’अन्तर्गत चार जना सञ्चालकहरूको निर्वाचन सम्पन्न गरेको छ । निर्वाचनबाट सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरूलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराएको कम्पनीले जानकारी दिएको छ ।

सभाले कम्पनीको २० प्रतिशत संस्थापक सेयर साधारणा सेयरमा रूपान्तरण गर्ने समेतको प्रस्ताव पारित गरेको छ । यसअघि ८० प्रतिशत संस्थापक सेयर र २० प्रतिशत सााधरण सेयर रहेकोमा सेयर रूपान्तरण संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात क्रमशः ६० र ४० प्रतिशत हुुनेछ ।

हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड नौ लाख ६९ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १४ करोड १५ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड लाख ४१ हजार रुपैयाँ रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्