Techie IT
३० जेठ २०७८, आईतबार

सपोर्ट लघुवित्तले कमायो एक करोड २८ लाख


काठमाडौं, भदौ २८
सर्पोट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड ३८ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्र्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५४ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी छ करोड ६० लाख रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा १६ करोड ९८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ५७ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २८ लाख ८२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७५ प्रतिशत रहेको छ ।

संस्थाले अघिल्लो आवको सोही अवधिमा १३ करोड ७४ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६६ करोड १८ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड दुुई लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १२ लाख नौ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३६ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्