Techie IT
५ असार २०७८, शनिबार

एनसीसी बैंकको नाफा एक अर्ब १३ करोड


काठमाडौं, भदौ २८
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले गत आर्थिक वर्षको चौथौ त्रैमासमा एक अर्ब १३ करोड नौ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैकले एक अर्ब दुुई करोड १२ लाख ३२ हजार रुपैयाँ खुुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी नौ अर्ब ३५ करोड ३९ लाख १६ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासमा ७३ अर्ब ७८ करोड ६८ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब १० करोड ७४ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा तीन अर्ब २१ करोड ९२ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ६९ करोड ९९ लाख १७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा दुुई दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ८४ प्रतिशत रहेको छ ।

बैंकले अघिल्लो आवको सोही अवधिमा भने ६५ अर्ब ९७ करोड ९७ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ८५ करोड नौ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ९६ करोड ७६ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्