Techie IT
१० असार २०७८, बिहीबार

बजार परिसूचक १५ सय २० बिन्दुमा

सातामा ११ अर्ब ५२ करोडको सेयर कारोबार


काठमाडौं, भदौ २८
यस साता सेयर बजार परिसूचक १५ सय २० दशमलव ६९ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय एक दशमलव ३८ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय तीन कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख ४४ हजार सात सय ९८ वटा कारोबारमा दुई करोड १८ लाख ७३ हजार एक सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ११ अर्ब ५२ करोड २६ लाख ६३ हजार नौ सय ९४ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुुलनामा बढी हो ।

गत साता भने एक लाख ५८ हजार छ सय ५६ वटा कारोबारमा तीन करोड चार लाख ३७ हजार नौ सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ४३ करोड ९९ लाख ६३ हजार नौ सय एक रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेकोमा पहिलो र दोस्रो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिन बजार परिसूचक उकालो लागेको थियो ।

जसमध्ये पहिलो दिन बजार परिसूचक १० दशमलव ४५ अंकले ओरालो लागेर १४ सय ९९ दशमलव ९७ अंकमा झरेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५४ अंकले ओरालो लागेर तीन सय दुुई दशमलव १९ अंकमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसूचक १२ दशमलव १७ अंकले ओरालो लागेर १४ सय ८७ दशमलव ८१ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५५ अंकले ओरालो लागेर दुई सय ९८ दशमलव ६४ अंकमा झरेको थियो ।

तेस्रो दिन भने बजार परिसूचक सात दशमलव ३५ अंकले उकालो लागेर १४ सय ९५ दशमलव १५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८३ अंकले उकालो लागेर दुई सय ९९ दशमलव ४७ अंकमा पुगेको छ । चौथो दिन परिसूचक १३ दशमलव पाँच अंकले उकालो लागेर १५ सय आठ दशमलव २० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १९ अंकले उकालो लागेर दुई सय ९९ दशमलव ६६ अंकमा चढेकोे थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १२ दशमलव ४९ अंकले उकालो लागेर १५ सय २० दशमलव ६९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७१ अंकले उकालो लागेर तीन सय एक दशमलव ३८ अंकमा चढेको थियो ।

यस साता नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, एनएमबी बैंक आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सर्पोट लघुवित्त वित्तीय संस्था, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीसहितका छवटा संस्थाको बोनस तथा साधारण सेयर सूचीकृत भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्