Techie IT
९ असार २०७८, बुधबार

नबिल बैंकले साइकल खरिदको लागि कर्जा दिने


काठमाडौं, भदौ २६
नबिल बैंकले साइकल खरिदको लागि कर्जा दिने भएको छ । बैंकका अनुसार पछिल्लो समय व्यायाम हलहरू बन्द भएको र मान्छेहरू आफ्नो स्वास्थ्यप्रति धेरै चेतनशील भएको कारण यो योजना ल्याइएको हो । यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनुपर्ने जानकारी समेत बैंकले दिएको छ ।

यो योजनाअन्तर्गत ग्राहकले दुई लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नुपर्नेछैन र ब्याज पनि लाग्ने छैन । दुुई लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा दुुई लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्ने जानाकारी पनि बैंकले दिएको छ ।

बैंकका अनुसार यो योजनामा साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोहीअनुसार मासिक किस्ता तिर्न सकिनेछ । यो कर्जा योजनाको लागि बैंकले पानीपोखरीस्थित काठमाडौँं बाइक स्टेसन र पोखराको चालिसे एण्ड सन्ससँग सम्झौता गरेको छ । योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठ्यारो हुनेहरूलाई सहज हुने विश्वास समेत बैंकले लिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्