Techie IT
८ असार २०७८, मंगलबार

नागबेली लघुुवित्तको सेयर सूचीकृत


काठमाडौं, भदौ २५
नागबेली लघुुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार बुुधबार संस्थाको २६ प्रतिशतको अनुपातमा चार लाख ३५ हजार नौ सय ६६ दशमलव ७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । पछिल्लो पटक पाँच सय ८८ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण एक अर्ब २४ करोड २३ लाख एक हजार एक सय १६ रुपैयाँ पुुगेको छ । संस्थाको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २१ करोड १२ लाख ७५ हजार सात सय रुपैयाँबराबरको २१ लाख १२ हजार सात सय ५७ कित्ता सेयर सूचीकृत रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्