Techie IT
१५ माघ २०७८, शनिबार

नेपाल बंगलादेश बैंकले कमायो एक अर्ब २४ करोड


काठमाडौं, भदौ २४
नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ५८ करोड ७९ लाख ६० हजार रुपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासमा ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९६ करोड ६५ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ८४ करोड ४७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा भने ५६ अर्ब २२ करोड ८८ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५१ करोड ९१ लाख ९६ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको छ । उक्त अवधिमा दुुई अर्ब ९० करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्