Techie IT
९ माघ २०७८, आईतबार

एभरेष्ट बैंकले कमायो दुई अर्ब ४९ करोड रुपैयाँ खुद मुनाफा


काठमाडौं, भदौ २४
एभरेष्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब पाँच करोड ४१ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ५१ करोड दुुई लाख सात हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब ४३ अर्ब ५४ करोड ५४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब १९ करोड ५३ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ३१ करोड चार लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दशमलव ५९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ६७ करोड ३१ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब २९ अर्ब ५६ करोड ८१ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ६४ करोड ४२ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ६९ करोड ८५ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २९ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्