Techie IT
३० जेठ २०७८, आईतबार

नेपाल लाइफ इन्स्योरेन्सको खुद मुनाफा ५३ करोड


काठमाडौं, भदौ २४
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५३ करोड तीन लाख ७९ हजार सात सय एक रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ५२ करोड ३२ लाख ५९ हजार एक सय २९ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
बीमा कम्पनीहरूमध्येमा सबै बढी अर्थात् चुक्ता पुँजी पाँच अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी नौ रुपैयाँ ६५ पैसा रहेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिसेयर नेटवर्थ भने एक सय ७३ रुपैयाँ ९२ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्