Techie IT
बिहीबार, असोज ८,२०७७

बिग मर्जरको लागि हिमालयन बैंकमा मर्जर कमिटी


काठमाडौं, साउन २२
हिमालयन बैंकले बिग मर्जरको लागि मर्जर कमिटी गठन गरेको छ । हिमालयन बैंक स्रोतका अनुसार मंगलबार हिमालयन बैंक सञ्चालक समितिले बैंठक गरी मर्जर कमिटी गठन गरेको हो । बैठकले शुुनिलबहादुर थापा, आशिष शर्मा र विजयबहादुुर श्रेष्ठसहितको तीन सदस्यीय मर्जर कमिटी गठन गरेको हो । कमिटले उपयुुक्त वाणिज्य बैंकहरूलाई गाभ्ने तथा गाभिनेसम्बन्धी निर्णय गर्ने बैंक स्रोतले बताएको छ ।

स्रोतका अनुसार सोही बैठकमा केही बैंकहरूलाई मर्जर गर्ने विषयमा पनि छलफल भएको हो । हिमालयन बैंकमा तुलसीप्रसाद गौत्तमको अध्यक्षतामा फैसल ललानी, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ, राधाकृष्ण पोटे, हिमालय शमसेर जवरा र विपिन हाडासहितको नौ सदस्यीय सञ्चालक समिति रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्