Techie IT
१२ मंसीर २०७८, आईतबार

लस्कर फुड्सले ल्यायो ‘कर्पोरेट लन्च अफर’, खाना मगाउँदा २५ प्रतिशतसम्म छुट


काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर/कार्यालयमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुड्सले यस अफरसँगै अरु विभिन्न अफर समेत ल्याएको छ ।

हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिशत छुट पाउने लस्कर फुड्सले जनाएको छ । लस्कर फुड्सले विभिन्न समयमा अनलाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो । लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरघर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समयसीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।

काठमाडौं उपत्यकावासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुड्सले कर्पोरेट लन्च अफर अघि सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुड्सका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ ।

प्रभु–पे, इ–सेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको छ । ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर ०११–४७००५५४/४७००५५३, ९८८६५३८२६० कर्पोरेट लन्च अफरको बारेमा बुझ्न सकिने प्रमुख कार्यकरी अधिकृत ओस्ती बताउँछन् । लस्कर फुडस अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत ओस्ती बताउँछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्