Techie IT
सोमबार, असोज १२,२०७७

अरुण भ्याली हाइड्रोले हकप्रद सेयर जारी गर्ने


काठमाडौं, साउन २२
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको छ । कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्न अनुुमति पाएको छ । कम्पनीले नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से)लाई दिएको जानकारीअनुसार विद्युत् नियमन आयोगले कम्पनीलाई शत् प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि अनुुमति दिएको हो । हाल ९९ करोढ ८३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी झण्डै दुुई अर्ब रुपैयाँ पुुग्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्