Techie IT
१३ असार २०७९, सोमबार

रिलायन्स लाइफको सेयर सूचीकृत


काठमाडौं, भदौ २३
रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । कम्पनीले यही भदौ पाँच गतदेखि भदौ आठ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरी भदौ १२ गतेका दिन बाँडफाँट गरेको एक सय अंकित दरका ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत गरेको हो ।

सूचीकरणसम्बन्धी सम्झौता पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् ।

रिलायन्स लाइफले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्न, सेयर दाखिला खारेज गर्न, नामसारी गर्नलगायतका सेयरधनीहरूको लगत अद्यावधिक राख्नेसम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिष्टारकोरूपमा नियुक्त गरेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरूमध्ये सर्वसाधारणमा सेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्