Techie IT
३० जेठ २०७८, आईतबार

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो १८ करोड ३९ लाख


काठमाडौं, भदौ २३
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १८ करोड ३९ लाख ४५ हजार ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३४ करोड १८ लाख १९ हजार तीन सय ५१ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २८ अर्ब १३ करोड २६ लाख २२ हजार नौ सय ५८ रुपैयाँ निक्षेय संकलन गरी २२ अर्ब ९६ करोड ७८ लाख ४५ हजार चार सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब पाँच करोड १३ लाख पाँच हजार ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकका एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यसअवधिमा वितरणयोग्य नाफा आठ करोड ५८ लाख १६ हजार नौ सय रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १९ अर्ब ४२ करोड ३८ लाख ३३ हजार चार सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब छ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९९ करोड ३६ लाख नौ सय ७५ रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकका शून्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो स्प्रेड दर चार दशमलव ९२ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्