Techie IT
१३ असोज २०७९, बिहीबार

गुडविल फाइनान्सको नाफा १० करोड ७८ लाख


काठमाडौं, भदौ २३
गुुडविल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सले १५ करोड १६ लाख ८५ हजार एक सय ३६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा सात अर्ब ४५ करोड ३२ लाख ६२ हजार आठ सय ७५ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ४५ करोड १३ लाख ८२ हजार चार सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड १२ लाख ४२ हजार पाँच सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको वितरणयोग्य नाफा भने चार करोड ८४ लाख ४० हजार छ सय ५३ रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ७० करोड ७७ लाख २५ हजार चार सय २५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५४ करोड ३३ लाख ९८ हजार दुई सय २० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड ९३ लाख २० हजार पाँच सय ७४ रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव ५० प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्