Techie IT
९ माघ २०७८, आईतबार

लुुम्बिनी विकास बैंकको नाफा ३३ करोड ५९ लाख


काठमाडौं, भदौ २३
लुुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३३ करोड ५९ लाख ३४ हजार आठ सय ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६२ करोड छ लाख ८१ हजार पाँच सय ६४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६३ लाख ११ हजार सात सय २९ रुपैयाँ रहेको बैंकले गत अवको आवको चौथो त्रैमासमा २८ अर्ब पाँच करोड ८८ लाख १९ हजार सात सय २३ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड ९८ लाख ३४ हजार सात सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब १० करोड ५३ लाख ४७ हजार छ सय ६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव १३ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १८ करोड २९ लाख ४० हजार तीन सय ७९ रुपैयाँ मात्र रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा २१ अर्ब ४९ करोड ६४ लाख छ सय २७ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १४ करोड ४४ लाख १८ हजार पाँच सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १६ करोड ४६ लाख ५४ हजार तीन सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७९ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)

 

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्