Techie IT
३० जेठ २०७८, आईतबार

सिद्धार्थ बैंकद्वारा दायित्वलाई पाँच लाख रुपैयाँ सहयोग


काठमाडौँ, भदौ २२
सिद्धार्थ बैंक लिमिटेडले दायित्वलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त संस्थालाई रकम सहयोग गरेको हो ।

युवाहरूलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पु-याएको यो सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्