Techie IT
१४ असार २०७९, मंगलबार

आईएमई लाइफको नाफा १२ करोड ९० लाख


काठमाडौँ, भदौ २२
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १२ करोड ९० लाख ५३ हजार छ सय ८५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड ४० लाख ६८ हजार चार सय ९६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी नौ रुपैयाँ २२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २२ रुपैयाँ १५ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्