Techie IT
१२ असार २०७९, आईतबार

श्री इन्भेष्टमेन्ट फाइनान्सको चौथो त्रैमासिक नाफा ११ करोड ३७ लाख


काठमाडौं, भदौ २१
श्री इन्भेष्टमेन्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ११ करोड ३७ लाख ५४ हजार सात सय २६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १२ करोड ९९ लाख २६ हजार दुुई सय ६९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार अर्ब ८५ करोड ९२ लाख २१ हजार तीन सय ४९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड ९४ लाख २५ हजार तीन सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २६ करोड ४३ लाख ७२ हजार एक सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव छ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा सात करोड ३२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ३१ करोड ५२ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब नौ करोड २५ लाख ५८ हजार तीन सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ९५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव १६ प्रतिशत रहेको छ भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्