Techie IT
९ माघ २०७८, आईतबार

शाइन रेसुंगाको नाफा बढ्यो


काठमाडौं, भदौ २१
शाइन रेसुुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४७ करोड ५१ लाख ६३ हजार दुुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४१ करोड ८४ लाख ६० हजार दुुई सय ७२ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब एक करोड ६३ लाख ३९ हजार सात सय ४२ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ३० अर्ब २० करोड ९१ लाख ५९ हजार दुुई सय ४७ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३५ करोड ७० लाख ३७ हजार नौ सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३३ करोड आठ लाख १० हजार पाँच सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा एक दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवमा चार दशमलव ९८ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३३ करोड २२ लाख ४६ हजार ८२ रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १८ अर्ब ८५ करोड १५ हजार सात सय ६६ रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ३७ लाख ९२ हजार तीन सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको खुद ब्याज आम्दानी ९१ करोड दुुई लाख ६३ हजार एक सय ८६ रुपैयाँ रहेको थियो । उक्त अवधिमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकमा पाँच दशमलव ४८ प्रतिशतको स्प्रेड दर रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्