Techie IT
३० जेठ २०७८, आईतबार

कञ्चन डेभलपमेन्ट बैंकको नाफा पाँच करोड ९९ लाख ७७ हजार


काठमाडौं, भदौ २१
कञ्चन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा पाँच करोड ९९ लाख ७७ हजार आठ सय ८८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड २१ लाख १४ हजार चार सय ८० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५८ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा छ अर्ब ९८ करोड सात लाख ३८ हजार आठ सय ५२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब नौ लाख ८७ हजार छ सय ४८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ४१ लाख ९६ हजार ९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर पाँच दशमलव ४३ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य तीन करोड १२ लाख ३५ हजार एक सय ६४ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले पाँच अर्ब ३६ करोड ६५ लाख नौ हजार आठ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५२ करोड ५० लाख ४५ हजार छ सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ४० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ४५ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्