फाइभजीको वैश्विक रोलआउटका लागि क्वाल्कमसँग ओप्पोको सहकार्य

काठमाडौं, भदौ २१
बर्लिन, जर्मनमा आयोजित आईएफए २०२० स्पेसल एडिसनमा ओप्पोका प्रमुख कार्यकारी अधिकृत टोनी च्छनले भर्चुअल उपस्थिति जनाएका छन् । भर्चुअल उपस्थिति जनाएका टोनीले क्वाल्कम कि–नोट सत्रअन्तर्गत भिडियो कन्फरेन्समार्फत आफ्नो वक्तव्य पनि प्रस्तुत गरेका छन् ।
वक्तव्यमार्फत टोनीले ओप्पो र क्वाल्कमबीच सहकार्यको इतिहास केलाउँदै दुवै समूहले एकीकृत रुपमा सहकार्य अझ अघि बढाउँदै फाइभजी उत्पादनको ग्लोबल रोलआउटका लागि अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘ओप्पो र क्वाल्कमले निकै लामो, नजिकको तथा विश्वसनीय पार्टनरशिप आदान–प्रदान गरेको छ’, टोनीले भने, ‘हामीले स्मार्टफोन विकासलगायत अन्य क्षेत्रमा सहकार्य गरेका छौँ ।
यस वर्ष हामीले उपभोक्ताहरुका लागि थप फाइभजी उत्पादनका विकल्पका साथै अनुभव पस्किने सोचका साथ क्वाल्कमको स्न्यापड्रागन मोबाइल प्ल्याटफर्म सुसज्जित स्मार्टफोन्सका साथै फाइभजी सीपीई उत्पादनहरु युरोपलगायत अन्य अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेका छौँ । साथै, भविष्यमा विश्वभर फाइभजी उत्पादनको बृहत्तर व्यावसायिक प्रयोगका लागि ओप्पोले क्वाल्कमसँगको पार्टनरशिपलाई निरन्तरता दिनेछ ।’
इन्टेलिजेन्ट कनेक्टिभिटीको युग उदय भइरहेको यस परिप्रेक्ष्यमा ओप्पोले फाइभजी, एआई, एआर र विगडाटालगायत नवप्रवर्तनात्मक प्राविधिक क्षेत्रमा आफ्नो लगानी बढाउँदै लैजानेछ । ‘बनफन’लाई आाधार मान्दै कम्पनीले वैश्विक बजारका मूल्य मान्यतालाई आत्मसात गर्दै आफ्नो ग्लोबल बिजनेस विकास गर्दै लैजाने उनले जानकारी दिए ।
सर्वव्यापी फाइदाका लागि ओप्पो आफ्ना वैश्विक औद्योगिक चेन पार्टनर्ससँग सहकार्य गर्दै फाइभजी मोबाइल प्रविधिअन्तर्गतका नवप्रवर्तनका लागि खुल्ला हृदयले सहकार्य गर्ने उनले बताए ।
यसरी, ओप्पोले आफ्ना पार्टनर्सका साथमा प्रयोगकर्तालाई छरितो, सहज र उत्साहजनक प्राविधिक अनुभव प्रदान गर्दै इन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ पर्यावरण निर्माणका लागि सहकार्यलाई निरन्तरता दिइरहने जनाएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : कर्पोरेट/वित्त
तपाईको कमेन्ट लेख्नुहोस्