Techie IT
५ असार २०७८, शनिबार

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा नेपाल


काठमाडौं, भदौ १८
लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुुधबार सम्पन्न भएको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले सो दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिएका हुुन् ।

अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रूपमा कार्यरत रहेका छन् । बै.कले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४८ करोड ४७ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा र्एक अर्ब ५९ करोड ७४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब ८६ करोड ४३ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ४३ करोड ९८ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ४१ करोड २० लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १२ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७४ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब १६ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १९ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्