Techie IT
५ असार २०७८, शनिबार

युनाइटेड फाइनान्सले कमायो ९ करोड ५० लाख


काठमाडौं, भदौ १८
युनाइटेड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा नौ करोड ५० लाख ८६ हजार नौ सय १८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा नौ करोड ९९ लाख ८५ हजार आठ सय ३७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ४६ रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षमा सात अर्ब १४ करोड ३६ लाख ३८ हजार नौ सय ५८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८४ करोड ६९ लाख आठ सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ३३ करोड ९७ लाख ८२ हजार आठ सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव आठ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ५५ करोड ७५ लाख ९३ हजार चार सय १९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९५ करोड १६ लाख ८२ हजार एक सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड ११ लाख ७८ हजार आठ सय चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७४ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्