Techie IT
९ माघ २०७८, आईतबार

ललितपुर फाइनान्सको खुद मुनाफा ३८ लाख ८६ हजार रुपैयाँले ऋणात्मक


काठमाडौं, भदौ १८
ललितपुर फाइनान्सले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ३८ लाख ८६ हजार पाँच सय ६५ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ९९ लाख ३३ हजार नौ सय ९८ रुपैयाँले ऋणात्मक रहेको थियो ।

चुक्ता पुँजी २३ करोड ६८ लाख ७४ हजार सात सय १३ रुपैयाँ फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २३ करोड ५४ लाख ८९ हजार छ सय ६० रुपैयाँ निक्षेप संकलन गरी तीन करोड ७६ लाख १४ हजार नौ सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ३३ लाख ७८ हजार चार सय दुई रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ९४ दशमलव ३८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा छ दशमलव ५५ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा ३६ लाख ८७ हजार पाँच सय ३९ रुपैयाँले ऋणात्मक रहेको थियो ।

अघिल्लो आवको सोही अवधिमा फाइनान्सले ३० करोड ७९ लाख ७५ हजार छ सय ९५ रुपैयाँ निक्षेप संकलन गरी १३ करोड ९३ लाख ५५ हजार तीन सय ५२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८२ लाख ६६ हजार पाँच सय २४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ७५ दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९२ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)

 


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्