Techie IT
७ असोज २०७८, बिहीबार

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना


काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एक लाख’ उपहार योजना सार्वजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने साना–ठूला सबै व्यवसायलाई समेट्ने यो योजना बुधबारदेखि सुरु भई तीन महिनासम्म सञ्चालन हुनेछ । यस योजनामा हरेक दिन क्यूआरमार्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन् । यस योजनामा फोनपेमार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ । यस योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपेमार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ ।

फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्यान नम्बरमार्फत आफैँ रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनीमार्फत पनि मर्चेन्ट बन्न सकिनेछ । यस योजनामा हरेक दिन बिहान १२ बजेदेखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुनेछन् । यो योजनाका विजेता लक्की ड्रमार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभमार्फत गरिनेछ । यो योजनामा फोनपेमार्फत धेरैभन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्