Techie IT
१२ साउन २०७८, मंगलबार

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग


काठमाडौं । सूर्य नेपाल प्रालिले स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग गरेको छ । कम्पनीले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमशः ३० लाख र २० लाख गरी ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

सूर्य नेपाल प्रालिको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सोमबार एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरेको हो । कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रालिले यस क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए । कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।

कम्पनीले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा १० लाख रुपैयाँ तथा सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाइँमा सहयोग पु-याउन एक–एक करोड रकम प्रदान गरेको थियो । यस्तै कम्पनीले गत आवमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्