Techie IT
बिहीबार, कात्तिक १३,२०७७

आइतबार भएका मल्टिपल कारोबारहरू रद्द हुुने


काठमाडौँ, भदौ १७
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आइतबार भएका मल्टिपल कारोबारहरू रद्द हुुने भएका छन् । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा उक्त दिन बिक्रीको लागि राखिएको एउटै सेयर तीन पटकसम्म बिक्री भएको थियो भने खातामा नभएको सेयरसमेत बिक्री भएको थियो । यसरी बिक्री भएको कारोबारहरू रद्द गरिने निर्णय गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिएका छन् ।

उक्त दिन भएको कारोबारमध्ये बाँकी कारोबार यथावत राखेर मल्टिपल कारोबार भएको सेयरहरू मात्र रद्द हुन्छ, प्रमुुख कार्यकारी साउदले भने । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा आइतबार झण्डै दुई सवा दुुई घण्टा नेप्सेको नियमित कारोबार अवरुद्ध भएको थियो । सोही कारण सामान्य अवस्थामा ११ बजेर खुुलेर तीन बजे बन्द हुुने नियमित कारोबार कक्ष अपरान्ह तीन बजेपछि मात्र खुुलेको थियो । उक्त दिन नेप्से सवा पाँच बजेसम्म खुला रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्