Techie IT
मंगलबार, कात्तिक ४,२०७७

नेपाल एसबीआई बैंकको नाफा एक अर्ब ५३ करोड


काठमाडौँ, भदौ १७
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ५३ करोड सात लाख ७९ हजार आठ सय ८१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २९ करोड २५ लाख २४ हजार तीन सय ९६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ९५ करोड ६२ लाख पाँच हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब १० अर्ब ४४ करोड ५८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६१ करोड ५४ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २४ करोड ९७ लाख ६० हजार पाँच सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैकमा शून्य दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ९८ करोड ६१ लाख १८ हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने तीन दशमलव ८७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ९७ अर्ब ९२ करोड ४४ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३८ करोड ६३ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ७० करोड ५० लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेका थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार