Techie IT
मंगलबार, कात्तिक ४,२०७७

माछापुच्छ्रे बैंकले कमायो एक अर्ब २५ करोड


काठमाडौँ, भदौ १७
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब २५ करोड २० लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८६ करोड १८ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ३६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ९० करोड ८२ लाख ७८ हजार रुपैयाँ मात्र रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ८५ अर्ब १९ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब नौ करोड ५७ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५४ करोड ९७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २७ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार