Techie IT
बिहीबार, कात्तिक ६,२०७७

धौलागिरी लघुुवित्तको नाफा ८८ लाख १९ हजार


काठमाडौँ, भदौ १७
धौलागिरी लघुुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६, ०७७ मा ८८ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४९ लाख आठ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले आव २०७६, ०७७ मा ४६ करोड छ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड १६ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा सात करोड ९६ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ९३ लाख आठ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव २२ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ४३ करोड चार लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ करोड ५२ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड नौ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५५ लाख २९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ४५ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्