Techie IT
१० असोज २०७८, आईतबार

सानिमा बैंकको नाफा एक अर्ब ७० करोड


काठमाडौँ, भदौ १७
सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ७० करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब २५ करोड ८० लाख ६७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब छ अर्ब ८३ करोड ५७ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ५६ करोड ६१ लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब २१ ५४ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने बितरणयोग्य नाफा एक अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको स्प्रेड दर भने तीन दशमलव ४७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २० करोड ८६ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको निष्क्रिय कर्जा शून्य दशमलव शून्य आठ प्रतिशत रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३५ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्