Techie IT
सोमबार, कात्तिक ३,२०७७

सहारा विकास बैंकले कमायो एक करोड २५ लाख


काठमाडौँ, भदौ १७
सहारा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड २५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार नौ सय ३० रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ८५ करोड ३८ लाख ७६ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७२ करोड ५१ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा चार करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ७८ करोड ८२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४९ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ४५ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार