Techie IT
बिहीबार, कात्तिक १३,२०७७

ज्योति लाइफ इन्स्योरेन्सको नाफा १२ करोड ५२ लाख


काठमाडौँ, भदौ १७
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा १२ करोड ५२ लाख ७३ हजार चार सय ९८ रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १२ करोड ४६ लाख ३२ हजार दुुई सय ४१ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको चालू आवको चौथौ त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी आठ रुपैयाँ १३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २८ रुपैयाँ ८३ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्