Techie IT
बुधबार, कात्तिक १२,२०७७

नेरुडे लघुुवित्तको खुुद मुनाफा बढ्यो


काठमाडौँ, भदौ १७
नेरुडे लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा सात करोड आठ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड २८ लाख ८५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४५ करोड ७२ लाख ९४ हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुई अर्ब १८ करोड १५ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४८ करोड ९३ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ३८ करोड ३८ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ९४ करोड ९७ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ९४ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ करोड १५ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्