Techie IT
बिहीबार, कात्तिक ६,२०७७

रिलायबल नेपाल लाइफ चौथो वर्षमा


काठमाडौँ, भदौ १७
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीका अनुसार भदौ १५ गते सोमबारबाट कम्पनीले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । यस अवधिमा कम्पनीले १७ प्रकारका बीमा योजनाहरू बजारमा ल्याएको छ । गत आर्थिक वर्षमा एक अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले हाल देशभरि छरिएर रहेका आफ्ना ८२ वटा आउटलेटमार्फत कारोबार सञ्चालन गर्दै आएको छ । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २१ करोड ४३ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १९ करोड ५७ लाख ४६ हजार रुपैयाँ रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्