Techie IT
बिहीबार, असोज ८,२०७७

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुुपबीच सम्झौता


काठमाडौं, साउन २१
माछापुुच्छ्रे बैंक र सिद्धार्थ बिजनेस ग्रुुपबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुुप अफ हस्पिटालिटीअन्तर्गतका देशका विभिन्न स्थाहरूमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरूमा १० प्रतिशतसम्मको छुट पाउनेछन् सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् अब बैंककोे डेबिट र क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्डवाहकहरूले उक्त छुट प्राप्त गर्नेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्