Techie IT
शनिबार, असोज १०,२०७७

सानिमा बैंकको नयाँ शाखा रूपन्देहीको भलाबारीमा


काठमाडौँ, भदौ १६
सानिमा बैंक लिमिटेडले रूपन्देहीको भलाबारीमा पनि शाखा विस्तार गरेको छ । बैंकले सोमबार भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकिङ सेवा सुरु गरेको हो । बैंकका अनुसार उक्त शाखाको उद्घाटन बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरेका हुुन् । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलाबारी शाखाले उक्त क्षेत्रका स्थानीयवासीहरूलाई अत्यावश्यक बैंकिङ सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ । जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरूलाई कोरोना भाइरस संक्रमण रोकथामसम्बन्धी आवश्यक सुरक्षा नीति अपनाई कारोबार सञ्चालन गर्नेछ । बैंकले हाल सबै क्षेत्रमा गरी ८० वटा शाखा, ८० वटा एटीएम तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्