Techie IT
आईतबार, असोज ४,२०७७

प्रभुु बैंकको दुुई अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुला


काठमाडौं, साउन २१
प्रभुु बैंकको दुई अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुला भएको छ । बैंकले सोमबारबाट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहेको २० लाख युनिट ऋणपत्रको बिक्री खुला गरेको हो । बार्षिक १० प्रतिशत ब्याजदर तोकिएको प्रभुु बैंक डिवेञ्चर २०८४ को परिपक्व हुुने अवधि आठ वर्ष तोकिएको छ । ऋणपत्र खरिदको लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम तीन लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा यही साउन २३ गते र ढिलोमा भदौ एक गते बन्द हुुनेछ । बैंकमा संस्थापक सेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा हाल १० अर्ब ३१ करोड ५५ लाख छ हजार छ सय २५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्