Techie IT
बुधबार, कात्तिक ५,२०७७

सिद्धार्थ बैंकको ‘ग्रीन पिन’ प्रविधि सञ्चालनमा


काठमाडौँ, भदौ १६
सिद्धार्थ बैंक लिमिटेडले ग्रीन पिन प्रविधि सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि बैंकिङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे हो । बैंकका अनुसार यो सुविधा सञ्चालनपश्चात् बैंकका ग्राहकहरूले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।

ग्राहकहरूले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटीएम वा नेप्सको सदस्य रहेका केही बैंकहरूको एटीएमबाट निर्धारण गर्न सक्नेछन् । यसरी पिन निर्धारण गर्न एटीएममा कार्ड राखेपछि ग्राहकहरूलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन आउनेछ । प्राप्त ग्रीन पिन ग्राहकहरूले एटीएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् ।

पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यसपछि ग्राहकहरूले आफ्नो कार्ड एटीएम वा पस मेसिन तथा अनलाइन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथै अन्य बैंकका एटीएमहरूमा पनि बिनाकुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् । बैंकले ल्याएको यो सुविधाले ग्राहकहरूलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केही हदसम्म भए पनि कागजको प्रयोग कम गरी वातावरणमैत्री बैंकिङ सेवा उपलब्ध हुने विश्वास बंैकले लिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्