Techie IT
बिहीबार, असोज १५,२०७७

कुमारी बैंकको नाफा एक अर्ब २२ करोड


काठमाडौँ, भदौ १६
कुमारी बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब २२ करोड ६५ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २३ करोड तीन लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब नौ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ६३ करोड एक लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव सात प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७३ अर्ब एक करोड ७९ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ८६ करोड ९९ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ४८ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्