Techie IT
मंगलबार, असोज ६,२०७७

मानुषी लघुुवित्तको नाफामा उच्च गिरावट


काठमाडौँ, भदौ १६
मानुषी लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार लाख ७९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड २१ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ५५ करोड २३ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ३७ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड २८ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ४६ करोड ४५ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी ८० करोड नौ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ८३ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६९ लाख २२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६३ प्रतिशत रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्