Techie IT
मंगलबार, असोज ६,२०७७

नेपाल पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासिक नाफा ९१ करोड


काठमाडौं, साउन २१
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीका अनुसार यो नाफा जीवन बीमा र निर्जीवन बीमा दुवै व्यवसायबाट कमाएको हो । कम्पनीले निर्जीवन बीमा व्यवसायबाट मात्र ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने जीवन बीमाबाट नौ करोड १० लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ५६ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने जीवन बीमा व्यवसायबाट छ करोड १० लाख दुुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्