Techie IT
सोमबार, असोज १२,२०७७

सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा


काठमाडौं, भदौ १५
सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शनिबार भर्चुुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १८ दशमलव ४३ प्रतिशतले व्यवसाय वृद्धि गरी दुुई अर्ब १७ करोड ६६ लाख ५३ हजार रुपैयाँ प्रिमियम आर्जन गरी १९ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा दुुई अर्ब १९ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा शून्य दशमलव ८३ प्रतिशत अर्थात् १ दशमलव ८१ करोड रुपैयाँले बढी हो । कम्पनीका अनुुसार भर्चुअल विधिबाट गरिएको वार्षिक साधारणसभामा जुुममार्फत् ७५ जना सेयर सदस्यहरूको उपस्थिति रहेको थियो । उक्त वार्षिक साधारणसभा फेसबुुकमार्फत लाइभ गरिएकोमा तीन हजार पाँच सय जना भन्दा बढीको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट/वित्त


तपाईको कमेन्ट लेख्नुहोस्